जसपालाई प्रधानमन्त्रीको आग्रह : ‘सरकारमा आउनुस् माग पुरा हुन्छ’

लोकपथ
0
Shares
NEPAL-KATHMANDU-PRIME MINISTER-CHINA VISIT-INTERVIEW

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) लाई आठ वटा मन्त्रालय दिने गृहकार्य अगाडि बढाएका छन् । जसपाले राखेका माग पूरा गर्न सरकारले गृहकार्य अघि बढाएको हो ।

सोही क्रममा प्रधानमन्त्री ओलीले मंगलवार साँझ जसपाका नेताहरुसँग कुराकानी गरेको स्रोतले बताएको छ । जसपाका नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीसँग माग कसरी र कुन प्रक्रियाबाट पूरा गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

‘मधेस आन्दोलनका क्रममा लगाइएका झूटा मुद्दा कसरी फिर्ता लिन सकिन्छ भन्ने विषयमा प्रस्ट कुराकानी भयो’ महतोले भने- ‘कुनै मुद्दा अदालती प्रक्रियाबाट फिर्ता लिनुपर्ने हुन्छ भने कुनै मुद्दा जिल्ला प्रशासन कार्यालयबाटै फिर्ता लिए पुग्छ ।’ भेटमा रेशम चौधरीको रिहाइ कुन प्रक्रियाबाट कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि कुराकानी भएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार जसपा सरकारमा सहभागी भएमा महत्त्वपूर्ण आठ मन्त्रालय दिन प्रधानमन्त्री तयार भएका छन् । महतोले भने यसबारेमा कुराकानी नै नभएको बताए । यो खबर आजको नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?