काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पहाडी भेगमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ । स्थानीय र पश्चिमी वायुको प्रभावले पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ भने अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अपराह्नपछि भने पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन,चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रवर र शनिवार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया