अमेरिका र दक्षिण कोरियालाई चुनौती दिँदै उत्तर कोरियाद्धारा दुईवटा मिसाइल प्रहार

लोकपथ
0
Shares

एजेन्सी । उत्तर कोरियाले जापना र अमेरिकालाई चुनौती दिँदै बिहीबार दुईवटा ब्यालेस्टिक दुई मिसाइल प्रहार गरेको छ । जापानको समुद्रमा दुईवटा बालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापान र अमेरिकी अधिकारीहरुले बताएका छन् । जो बाइडेन अमेरिकी राष्ट्रपति बनेपछि उत्तर कोरियाले बालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको यो पहिलो हो ।

बाइडेन प्रशासनका लागि चुनौती भएको पनि बताइएको छ।यता सी अफ जापान क्षेत्रमा प्रहार गरेको भनिएपनि जापानी पक्षले भने मिसाइलको अंश आफ्नो जल क्षेत्रमा नखसेको जनाएको छ। बिहीवार प्रहार गरिएको मिसाइल छोटो वा लामो दुरी कुन प्रकारको हो भनी खुलाइएको छैन।

अमेरिकाले यसबारे अनुसन्धान जारी राखेको जनाएको छ। राडार र स्याटलाइनमार्फत अमेरिकाले उत्तर कोरियाले गर्ने हतियार परीक्षणको ट्र्याक गर्ने गरेको उल्लेख गरिएको छ।

यता संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पारित संकल्प प्रस्तावमा उत्तर कोरियाले कुनै पनि बालिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न पाउँदैन । तर, उत्तर कोरियाले भने त्यसलाई बेवास्ता गर्दै आफ्नो क्षेप्यास्त्र कार्यक्रमलाई अघि बढाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?