काठमाडौं । फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटको पहिलो खेलमा पोर्चुगलले जित हात पारेको छ । बुधवार राति भएको पहिलो खेलमा पोर्चुगलले अजरबैजानलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
पोर्चुगलको जितमा आत्मघाती गोल निर्णायक बन्यो । खेलको ३६ औं मिनेटमा अजरबैजानका माक्सिम मेदभेदेबले आफ्नै पोस्टमा गोल गरेका थिए ।
यस जितसँगै छनौटको समूह ुएु मा रहेको पोर्चुगलले ३ अंक जोडेको छ । सर्बिया ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।
पोर्चुगल समूहको दोस्रो स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया