काठमाडौं । फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटको पहिलो खेलमा नर्वेले सहज जित हात पारेको छ । बुधवार राति भएको खेलमा नर्वेले जिब्राल्टरलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
नर्वेको जितमा एलेक्सजेण्डर सोर्लोथ,क्रिस्टियन थ्रोस्टभेद्ट र जोनस सेभेन्सनले एक एक गोल गरे ।
खेलको ४३ औं मिनेटमा एलेक्सजेण्डरले गोल गर्दै नर्वेलाई शुरुवाती अग्रता दिलाएका थिए । खेलको ४५ औं मिनेटमा क्रिस्टियनले गोल गरेपछि नर्वेले पहिलो हाफमा २-० को अग्रता बनायो ।
त्यसपछि खेलको ५७ औं मिनेटमा जोनासले गोल गर्दै नर्वेलाई ३-० को जित दिलाए । जितसँगै समूह जीको नर्वेले ३ अंक जोडेको छ । नर्वे समूहको शीर्ष स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया