काठमाडौं । फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटको पहिलो खेलमा फ्रान्स बराबरीमा रोकिएको छ । साविक विजेता समेत रहेको फ्रान्स बुधवार राति युक्रेनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा शुरुवाती अग्रता जोगाउन नसक्दा फ्रान्सले बराबरी खेलेको हो । खेलको १९ औं मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ५७ औं मिनेटमा फ्रान्सका प्रेस्नेल किम्पेम्बेले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।
यस बराबरीसँगै समूह ‘डी’फ्रान्सले १ अंक जोडेको छ । युक्रेनको पनि १ अंक रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया