दुर्गा प्रसादले पाए नेपाली नागरिकता

लोकपथ
0
Shares

काठमाडौं । ४० वर्ष भारतीय जेलमा बिताएर भर्खरै नेपाल आएका इलामका दुर्गा प्रसाद तिम्सिनाले नेपाली नागरिकता पाएका छन् । उनले आज (बिहीवार) जिल्ला प्रशासन कार्यालय इलामबाट वंशजका आधारमा नागरिकता पाएका हुन् ।

कोलकताको जेलमा बिना कसूर ४० वर्ष जेल जीवन बिताएका दुर्गाप्रसाद अघिल्लो शनिवार रिहा भएका थिए । उनी चैत ८ मा घर इलाम पुगेका थिए । निवेदन पेश गरेको केहीछिन् मै उनलाई नागरिकता दिइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

उनको नागरिकतामा नाम दुर्गा प्रसाद तिम्सिना रहेको छ । भारतीय जेलमा भने उनको नाम दिपक जैसी रहेको थियो । माई नगरपालिका १० निवासी उनको जन्म मिति २०१७ साउन २ गते कायम भएको छ ।

बिनाकसूर ४० वर्ष जेलमा बिताएको क्षतिपूर्ति दिन कोलकातास्थित उच्च अदालतले पश्चिम बंगाल सरकारलाई आदेश दिइसकेको छ। नागरिकता प्राप्त भएसँगै भारतीय पक्षसँग कानूनी रुपमा लड्न सजिलो भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?