काठमाडौं । गत फागुन १० गते महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर-५ स्थित सहोडवाबाट बेपत्ता पारिएका झा दम्पती बेपत्ता भएका १ महिना बढी बितिसकेको छ ।
१ महिना बढी बितिसक्दा पनि झा दम्पतीको पत्ता लाग्न सकेको छैन् । महोत्तरी प्रहरीले बेपत्ता दम्पतिलाई सार्वजनिक गर्न नसकेपछि सिआइबीले अनुसन्धान शुरु गरेको थियो ।
सिआइबीले अनुसन्धान गरेको २ दिन नबित्दै ४ जनालाई सो घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरी सार्वजनिक गरेको थियो ।
प्रहरीले झा दम्पती अपहरणमा संलग्न रहेको आरोपमा पिपरा गाउँपालिका वडा नम्बर ५ स्थित सहोडवा बस्ने ५२ वर्षीय रामबाबु यादव, उनका छोरा २६ वर्षीय सुरेन्द्र यादव, कान्छो छोरो २४ वर्षीय राजेन्द्र यादव र भारत मधुवनी जिल्ला मधवापुरका ५० वर्षीय हरेन्द्र ठाकुरलाई प्रहरीले सार्वजनिक गरेको थियो ।
४ जना अभियुक्त पक्राउ पछि पनि प्रहरी किन अलमलमा ? भन्ने लोकपथको प्रश्नमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्य भन्छन् :
‘त्यसो होइन् प्रहरी अलमलमा भए ४ जना कसरी पक्राउ परे ? सिआइबीसँगको सहकार्यमा अनुसन्धान भइरहेको छ । घटनाको गहिराइमा पुगेर अनुसन्धान गर्दै छौँ । ४ जनालाई पक्राउ गरेका छौँ, उनीहरुसँग पनि अनुसन्धान भइरहेको छ ।’
गत फागुन १० गते सोहडवा बस्ने ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीता देवी झालाई घरमै सुतिरहेको अवस्थामा ओछयानसहित स-शरीर बेपत्ता भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया