काठमाडौं । बागलुङमा गोरु काटेको अभियोगमा ५ जना पक्राउ परेका छन् ।
ढोरपाटन नगरपालिका ८ भित्ता टोलस्थित पाखोबारीबाट गोरु काटेको अभियोगमा सोही ठाउँ बस्ने ४९ वर्षीय मन बहादुर विक समेत ५ जनालाई गोरुको मासुसहित हिजो (बुधवार) राति प्रहरीले पक्राउ गरेको हो ।
गोरु काटेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले उनीहरूलाई गोरु काटीरहेको अवस्थामा गोरूको मासु सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया