काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरीलगायतका राजनीतिक बन्दीहरूको नि:शर्त रिहाइको माग गरेका छन् ।
ट्वीटरमा लेख्दै उनले राजनीतिक बन्दीहरूको नि:शर्त रिहाइ,पहिचान र अधिकार सहितको राज्यपुनर्संरचना हुनेगरी संविधान संशोधन जसपाको सर्वसम्मत र निरन्तरको अडान भएको बताएका हुन् ।
सरकार गठनमा निर्णायक मानिएको जसपाको स्पष्ट धारणा नआइरहेका बेला भट्टराईले ट्वीटमा उनीहरूको रिहाइ क्षणिक सत्ता स्वार्थका निम्ति मोलतोलको साधन बन्न नहुने उल्लेख गरेका छन् ।
उनले लेखेका छन् ‘रेशम चौधरीलगायत सबै राजनीतिक बन्दीहरूको रिहाइ तुरून्त र निस्शर्त गर ! थारू लगायत उत्पीडित राष्ट्रियताहरूको पहिचान र अधिकारसहितको राज्यपुनर्संरचना हुने गरी संविधान संशोधन गर १ यो जसपाको सर्वसम्मत र निरन्तरको अडान हो ! यो क्षणिक सत्तास्वार्थ निम्ति मोलतोलको साधन नबनोस् र भ्रमको खेती नहोस !’
रेशम चौधरी लगायत सबै राजनीतिक बन्दीहरूको रिहाइ तुरून्त र नि:शर्त गर!थारू लगायत उत्पीडित राष्ट्रियताहरूको पहिचान र अधिकार सहितको राज्यपुनर्संरचना हुनेगरी संविधान संशोधन गर!यो जसपाको सर्वसम्मत र निरन्तरको अडान हो!यो क्षणिक सत्तास्वार्थनिम्ति मोलतोलको साधन नबनोस् र भ्रमको खेती नहोस!
— Baburam Bhattarai (@brb1954) March 26, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया