काठमाडौं । कुश्मास्थित विश्वकै दोस्रो अग्लो बन्जीमा चैत १५ गते फागुपूर्णिमाको रात ‘फुलमून बञ्जी’ हुने भएको छ । द क्लिफ प्रालिले पहिलो पटक रात्री बन्जी गर्न लागेको हो ।
साहसिक खेल मानिने बञ्जीमा केहि फरक महशुस होस भन्ने उदेश्यले रात्री बन्जी गर्न लागेको द क्लिफका अध्यक्ष राजु कार्कीले लोकपथलाई बताए ।
‘बञ्जी आफैमा साहसिक खेल हो यसमा थोरै परिवर्तन गरेर हामीले रात्री बन्जी आयोजना गर्न लाथेका हौँ ।’ अध्यक्ष कार्कीले भने ।
‘फुलमून बञ्जी’ गर्न आउनेहरुलाई दुईवटा प्याकेजको व्यवस्था मिलाइएको छ । डिलक्स रूमको प्याकेजका लागि ९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ भने बञ्जी र स्ट्यान्डर्ड रूमसहितको प्याकेजका लागि ८ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। प्याकेजमा ‘ब्रेक फाष्ट’ र ‘डिनर’ समेत समावेश गरिएको छ ।’ अध्यक्ष कार्कीले बताए ।
‘फुलमून बञ्जी’मा भिडिओका लागि १५ सय शुल्क तिर्नुपर्नेछ, जसमा आकर्षक टिसर्टको समेत व्यवस्था मिलाइएको छ ।
क्लिफले बढीमा ३० जनालाई ‘फुलमून बञ्जी’ गराउने बताउँदै प्रिबुकिङ समेत शुरू भइसकेको जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया