काठमाडौं । छिमेकी मुलुक भारतमा तिव्र गतिमा फैलिएको कोरोना भाइरस ‘कोभिड – १९’ को दोस्रो लहरका कारण नेपालमा सीमावर्ति जिल्लामा संक्रमण दर बढेसँगै नेपालमा त्रास थपिएको छ । एकातिर संक्रमण दर बढ्ने हो की भन्ने भय छ भने अर्कोतिर सरकारले फेरिपनि लकडाउन गर्यो भने राजीरोटीको सवाल के हुन्छ भनेर चिन्ता गर्नेहरु उत्तिकै छन् ।
यसैबीच करिब ८ महिनाभन्दा धेरै समय बन्धक बनेका विश्वभरका मानिस कामकाजका लागि बाहिर निस्कन थालेका छन् । कोरोनाको जोखिम झनै बढेको अवस्थामा हवाइ यात्रा गर्दा कसरी सुरक्षित रहने भन्ने विषयमा लोकपथले यहाँ केही टिप्सहरु प्रस्तुत गरेको छ ।
हवाइ यात्रामा :
यदि तपाइ हवाइ यात्रामा हुनुहुन्छ भने हवाइजहाजको वातावरण भन्दा पनि आफ्नो हातको सरसफाइमा बढी ध्यान दिनुहोस् । चिकित्सकले भनेका छन् तपाइको हात हुँदै विभिन्न किटाणु मुखसम्म पुग्न सक्छन् । डा. रिचर्ड डाउडले भनेका छन्, ‘आफ्नो हातले के-के छुँदैछ भन्ने कुरामा सधै सतर्क रहनुस् ।’
विमानस्थलका रेलिङ, ढोका, शौचालय लगायत स्थानहरु अत्यन्तै फोहोर हुन्छन् । डा. डाउड भन्छन्, ‘यी चीजहरु छुँदा केही हुन्न तर, छोइसकेपछि राम्ररी साबुन पानी वा ह्यान्डवासले हात धुनुपर्छ र स्यानिटाइजरको प्रयोग गर्नुपर्दछ ।’
‘ह्यान्ड स्यानिटाइजर र एन्टिसेप्टिकहरु हातको सफाइका लागि अत्यन्तै लाभदायी हुन्छन्,’ जानकारी दिँदै उनले भनेका छन् ।
यदि संक्रमित व्यक्ति र म एउटै हवाइजहाजमा छौं भने मलाई संक्रमण हुन्छ भन्ने प्रश्नमा उनी भन्छन् :
रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार हवाइजहाजमा जसरी हावा घुम्छ र फिल्टर हुन्छ त्यसलाई मध्यनजर गर्दा धेरैजसो भाइरसहरु त्यति सजिलै फैलिन सक्दैनन् । आधुनिक जेटहरुमा १० देखि ५० प्रतिशत हावा बाहिरको हावासँग मिसिएर घुमिरहन्छ । ‘त्यसरी घुमिरहने हावा पनि प्रत्येक घण्टा २० देखि ३० पटकसम्म फिल्टर हुन्छ,’ रोग नियन्त्रण तथा रोकथाम केन्द्र भन्छ ।
यसबाहेक, हावा सामान्यतया एयरक्राफ्टभित्र परिभाषित क्षेत्रमा घुम्छ जसले गर्दा साना कणहरुद्वारा फैलिने भाइरस तथा ब्याक्टेरिया वितरणको दायरा सीमित हुन्छ । नतिजास्वरुप केबिनमा संक्रामक रोगहरुको प्रसारको सम्भावना कम हुन्छ । तर, हाच्छिँउ गर्ने, खोक्ने यात्रुबाट सकेसम्म टाढै रहनुहोला । र, आफूले पनि खोक्दा वा हाच्छिँउ गर्दा कुइनाले मुख छोप्नुहोस् ।
यदि मेरो रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने मैले आफ्नो भ्रमण योजनाहरु रद्द गर्नुपर्छ ?
‘रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरु यो भाइरस साथै फ्लुको उच्च जोखिममा पर्दछन् त्यसैले संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्क राख्दै नराख्ने,’ स्नोहोमिस हेल्थ डिस्ट्रिक्ट भन्छ । स्नोहोमिस त्यही ठाउँ हो जहाँ अमेरिकाको पहिलो कोरोना भाइरस संक्रमण देखिएको थियो । कोरोना भाइरसको प्रकोप हुनु अघि नै कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरुलाई यात्रामा जाँदा बिरामी परेको खण्डमा धेरै गम्भीर समस्या देखापर्ने गरेको अनुसन्धानले देखाउँछ ।
सार्वजनिक सवारीको प्रयोग :
यदी सडक मार्गबाट सार्वजनिक सवारीको प्रयोग गर्दै यात्रा गर्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस् : कोरोना भाइरस फलाम वा फलामजन्य वस्तुमा लामो समय जीवित रहन्छ । त्यसैले सार्वजनिक सवारी धेरैजनाको स्पर्शमा रहने भएका कारण हातमा ग्लोब्स प्रयोग गर्नुहोस् । वा सवारीको ढोका, सिट, ह्याण्डीलमा समातेपछि सेनिटाईजरको प्रयोग गर्नुहोस् । त्यो हात नाम मुखमा नलग्नुहोस् । शरीरमा नछुनुहोस् ।
कोरोना भाइरस बस र मेट्रोट्रेनमा धेरै समयसम्म जिउँदो रहने अध्ययनको दाबी गरेका छन् । त्यसैले थोरै दुरीमा रहेको गन्तव्य हिँडेरै जाने कोशिस गर्नुहोस् ।
‘एयर कन्डिसन बस’ र ‘मेट्रो ट्रेन’ वा अन्य सवारी साधनमा कोरोनाका पोजिटिभ व्यक्तिको साथमा यात्रा गर्नु तपाईलाई समस्या बन्न सक्दछ । त्यसैले यस्तो अवस्थामा झनै बढी ध्यान दिनुपर्छ ।
वार्ता गरिने ठाउँबाट पनि हावाको माध्यमबाट कोरोना सर्न सक्ने र कोरोना पोजेटिभ मानिस भएको ठाउँमा र उ बसेको ठाउँमा पनि ३० मिनेट सम्म जिउँदो रहन सक्ने बताइएको छ । साथै कोरोना संक्रमित व्यक्ति भन्दा टाढा ४/५ मिटरसम्म फैलिन पनि सक्षम रहन्छ । उक्त सोधबाट यस कुराको पुष्टि भएसँगै सार्वजनिक सवारीमा यात्रा गर्नको लागि चुनौति थपिएको हो । त्यसैमाथि दोस्रो लहर तिव्र गतिमा फैलिरहेका कारण पनि चुनौति थपिएको हो । तर यदि तपाई सार्वजनिक यातायातका माध्यमबाट यात्रा गर्नुहुन्छ भने नआत्तिनुहोस् तर सावधानी अपनाउनुहोस् ।
अनिवार्य मास्क प्रयोग गरौँ ।
मानिससँग श्वास आदानप्रदान हुने गरी नबसौँ ।
बस ट्याक्सी माईक्रो वा सवारी साधनको सिटमा बसेपछि छोएपछि बाहिर आएर राम्ररी हात धोऔँ
सेनिटाईजर साथमा नै बोकौ ।
साबुन पानीले करिब २० सेकेन्ड मिचेर हात धोऔँ
हात वा औँला मुखमा लैजाने, कोट्याउने, चुस्ने, नाक कोटयाउने, आँखा मिच्ने, अनुहारमा छुने नगरौँ ।
सार्वजनिक यातायातमा यात्रा गर्दा संक्रमित व्यक्ति को हो भनेर यकिन गर्न नसकिने हुँदा तपाई आफैँ आफ्नो सुरक्षा गर्न तयार हुनुपर्छ ।
संक्रमित व्यक्तिले पनि निकै सावधानी अपनाऔँ ।
कसरी हुन्छ संक्रमण
चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।
भाइरसबाट संक्रमित व्यक्तिको श्वासप्रश्वास प्रक्रियामा बाहिर निस्केका थुकका छिटा, सिंगान, खकार, थुक, आँशु, दिसापिसाब, उसका लत्ताकपडा आदिजस्ता कुराहरुमा रहेको यो भाइरस अर्को व्यक्तिमा सर्ने गर्छ ।
संक्रमित व्यक्तिले हाच्छिउँ गर्दा, खोक्दा, थुक्दा, संक्रमितले फेरेर श्वास, सिँगान, खकार, उसले प्रयोग गरेका सामान, दिसापिसाब आदीमा यो भाइरस रहने भएकोले दोस्रो व्यक्ति चनाखो हुनुपर्छ भनिएको हो । मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।
विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छ :
हावाको माध्यमबाट
प्रत्यक्ष सम्पर्क हात मिलाउने, अंकमाल गर्ने, छुने आदि
भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा
लक्षणः
ज्वरो आउने
रुघा लाग्ने खोकी लाग्ने
छाति दुखेजस्तो हुने, स्वाद थाहा नपाउने, थकाई लाग्ने
सुख्खा खोकी लाग्ने
श्वास फेर्न गाह्रो हुने
पखाला लाग्ने
घाँटी, टाउको तथा जिउ दुख्ने
नेपालमा पनि धेरैलाई लक्षणविना नै कोरोना संक्रमण पुष्टि भएको छ । यसकारण हरेक व्यक्तिलाई संक्रमितको नजरले हेरी आफू सावधान र सचेत रहने ।
कसरी बच्ने ?
रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने
– मास्कको प्रयोग गर्ने
– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने
– नियमित साबुन पानीले हात धुने र हातमा अल्कोहलजन्य सेनिटाइजर दल्ने
– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सोझै सम्पर्कमा नरहने
– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने
– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने
अथवा घरमा आईसोलेसन बस्ने
– सार्वजनिक जमघटहरुमा कम उपस्थित हुने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया