प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, सामाजिक विकास मन्त्रीमा उषाकला राई (नामावलीसहित)

काठमाडौं । प्रदेश नं १ को मन्त्रिपरिषद् विस्तार भएको छ ।

शुक्रवार मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री शेरधन राईले रिक्त रहेका मन्त्रिहरु नियुक्त गरेका हुन् ।

त्यसै अनुसार प्रदेश १ को सामाजिक विकास मन्‍त्रालयको जिम्मेवारी उषाकला राईलाई दिइएको छ भने आर्थिक मामिला तथा योजना मन्त्रीमा टंक आङबोहाङ रहेका छन् ।

मन्त्रिपरिषद् विस्तारसँगै प्रदेश १ सरकारका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले शपथ खाएका छन्।

त्यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार मन्त्री अम्बिरबाबु गुरुङ कृषि राज्यमन्त्री कला घले र वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा नियुक्त भएका छन् ।

त्यस्तै आज नै उनीहरुले पद तथा गोपनियताको सपथ खाएका छन् ।

आज नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीहरुले मुख्यमन्त्री शेरधन राई र मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसँग पद तथा गोपनियताको सपथ लिएका हुन् ।

संसद विघटनसँगै पूर्व माओवादी निकट मन्त्रीहरुले राजीनामा दिएका थिए । त्यसै अनुसार खाली मन्त्रालयहरुको जिम्मेवारी दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?