महालक्ष्मी विकास बैंकले ९.२६ प्रतिशत बोनस शेयर वितरण गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ९.२६ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

शुक्रवार आज बसेको बैंकको १३ औँ वार्षिक साधारण सभामार्फत उक्त प्रस्ताव गरिएको हो ।

भिडियो कन्फरेन्समार्फत सम्पन्न गरिएको साधारण सभाले बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ८.८० प्रतिशतका दरले बोनस शेयर तथा ०.४६ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।

त्यस्तै उक्त साधारण सभाबाट मर्जर तथा प्राप्तिको प्रस्तावलाई खुल्ला राख्दै पुँजीगत आधारलाई अझ थप सुदृढ गर्ने उद्देश्यले सो प्रस्तावलाई समेत पारित गरेको बैंकले जनाएको छ ।

देशभर महालक्ष्मी बैंकको १०३ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ । साथै हाल बैंकको ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?