काठमाडौं । भारतको १८ राज्यमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको भारतीय स्वास्थ्य मन्त्रालयले बताएको छ । देशमा कोरोनाको बढ्दो संक्रमण र नयाँ ‘डबल म्यूटेन्ट’ भेरियन्टको कुनै सम्बन्ध छ छैन भनेर स्पष्ट जानकारी प्राप्त नभएको पनि बताएको छ ।
कोरोना भाइरसको यो नयाँ भेरियन्ट विदेशमा पनि भेटिइसकेको छ । पछिल्ला केही दिनदेखि विश्वका अन्य मुलुकसमेत भारतमा कोरोनाको संक्रमण एकपटक पुनः तीब्र रुपमा बढिरहेको छ ।
Genome Sequencing by INSACOG shows variants of concern and a Novel variant in India.https://t.co/hs3yAErWJR pic.twitter.com/STHjcMnkMh
— Ministry of Health (@MoHFW_INDIA) March 24, 2021
भाइरसको यो म्यूटेशन करिब १५ देखि २० प्रतिशत नमूनामा पाइएको छ । तर पाइएको नमूना पहिलाको भेरियन्टसँग मेल खाँएको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया