२०७८ सालमा बैंकका कर्मचारीलाई १ महिनाभन्दा बढी बिदा

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ वर्ष २०७८ मा कर्मचारीलाई एक महिनाभन्दा बढि बिदा दिने भएको छ ।

राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले नयाँ वर्ष वि.स २०७८ सालमा बैंक बिदाको सूचना सार्वजनिक गर्दै आफ्ना कर्मचारीलाई ३१ दिन विदा पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार नयाँ वर्ष २०७८ को वैशाखमा २ दिन, जेठमा २ दिन, भदौमा ३ दिन, असोज ९ दिन, कात्तिकमा ६ दिन, मंसिरमा २ दिन बिदा दिइएको छ ।

त्यस्तै, फागुनमा ३ दिन र चैतमा ४ दिन बिदा दिइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसका अलावा उपत्यका भित्र मछिन्द्रनाथको भोटो जात्रा, घोडे जात्रा, गाइ जात्रा, इन्द्र जात्रामा समेत कर्मचारीले बिदा पाउनेछन् । भोटो देखाउने जात्रामा सरकारले निर्णय गरे अनुसार हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सम्बन्धित धर्म, भुगोल तथा समुदायहरुका लागि१० दिन विदा छुट्यायएको छ । त्यस्तै उभौली, इदुल फित्र, बकर इद तथा सिरुवा पवानी वर्षको हकमा पनि सरकारको निर्णय अनुसार बिदा तय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?