काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस भएका मुख्य न्यायाधीश नहकुल सुवेदीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले सुवेदीलाई सर्वोच्चको न्यायाधीशका लागि योग्यता नपुगी नियुक्तिका लागि सिफारिस गर्नु संविधानविपरीत भएको दाबीसहित रिट निवेदन दर्ता गरेका हुन्।
प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष चोलेन्द्रशमशेर जबरासहितका सबै सदस्य, मुख्य न्यायाधीश सुवेदीसहितलाई विपक्षी बनाई रिट निवेदन दर्ता भएको हो।
प्रधानन्यायाधीश जबराको अध्यक्षतामा फागुन २८ मा बसेको न्यायपरिषद् बैठकले सुवेदीलाई सर्वोच्चमा रिक्त न्यायाधीशमा नियुक्तिक लागि सिफारिस गरेको थियो। सुवेदी उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशबाट सर्वोच्चको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका हुन्।
संविधानविपरित भएको निर्णयले संवैधानिक सर्वोच्चतालाई नजरअन्दाज गरेको छ। कानुनको शासनलाई समेत पराजित गरेको रिट निवेदनमा दाबी छ ।
नहकुल सुवेदीभन्दा वरिष्ठ र अनुभवी हुँदाहुँदै संविधानको धारा १२ ९ (५) र न्याय परिषद् ऐन, २०७३ को दफा ५ को १ (क), (खं) प्रतिकुल योग्यता नपुगेको व्यक्तिलाई सर्वोच्चको न्यायाधीश नियुुक्तिका लागि सिफारिस गरेको हुँदा निर्णय असंवैधानिक र गैरकानुनी भएको हुँदा उत्प्रेषणको आदेशले बदर पाउँ भन्दै वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले रिट निवेदन दर्ता गरेका हुन्। यो खबर आजको नागरिक दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया