काठमाडौं । नेकपा ( माओवादी केन्द्र ) निकट अनेरास्ववियू (क्रान्तिकारी )ले ०७८ सालको असोज ८ , ९ र १० गते २२ औं राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । शनिबार काठमाडौंमा बसेको केन्द्रीय समितिको विस्तारित वैठकले सो निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए।
क्रान्तिकारीले दुई महिने संगठन विस्तार तथा सुदृढीकरण अभियान मार्फत ५ लाख सदस्यता वितरण गर्ने निर्णय गरेको छ । विस्तारित वैठकमा अध्यक्ष रञ्जित तामाङद्वारा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन र आगामी कार्ययोजना सम्वन्धि प्रस्ताव सर्वसम्मतिले पारित भएको छ।
वैठकले ओली सरकारको महङ्गी , भ्रष्टाचार र जनघातका विरुद्ध सशक्त आन्दोलन सञ्चालन गर्ने निर्णय गरेको छ। अध्यक्ष पुष्पकमल दाहालद्वारा शनिबार उद्घाटन गरिएको विस्तारित वैठकवाट अनेरास्ववियू (क्रान्तिकारी ) ले माओवादी पुनर्जागरणको विशेष अभियान चलाउने निर्णय समेत गरेको बस्नेतले वताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया