काठमाडौं । काठमाडौं–तराई–मधेस द्रुतमार्ग आव २०८०/८१ सम्म सक्नुपर्ने छ । तर काम भने अपेक्षित गतिमा अघि बढ्न सकेको छैन् । आयोजनाको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) २०७६ भदौ १ गते मन्त्रिपरिषद्बाट स्वीकृत भएको हो ।
डीपीआरमै ढिलाइले काम थाल्न केही ढिला भएको सेनाको दाबी छ । सेनाले द्रुतमार्गको २०७४ जेठबाट निर्माण व्यवस्थापनको जिम्मेवारी पाएको थियो ।
द्रुतमार्गको महादेवटार ३.३५५ किमि, धेद्रे १.६३० र लेनडाँडामा १.४३० किमि सुरुङ निर्माण गर्नुपर्नेछ । भित्रिने र बाहिरिने गररे साढे १२ किमि सुरुङ निर्माण हुनेछ ।
आयोजनाको अनुमानित लागत १ खर्ब ७५ अर्ब छ । १०.५९ किमिका ८७ वटा पुल निर्माण हुनेछन् । यी दुवै काम अहिलेसम्म शुरु हुन सकेको छैन । गौरवको आयोजना भए पनि काम नभएको भन्दै द्रुतमार्गबारे सांसदहरूले प्रश्न उठाउने गरेका छन्।
हालै संसदीय समितिले आयोजनाबारे प्रश्न उठाउँदै हालसम्म भएका काम र सेनाले ठेक्का लगाएका प्रक्रियाको कागजात मागेको छ । यो मार्गको २०६७ मा सेनाले नै ट्रयाक खोल्ने काम गरको थियो ।
यो खबर अआजको कान्तिपुर दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया