काठमाडौं । फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटको दोस्रो खेलमा पोर्चुगल बराबरीमा रोकिएको छ । शनिवार राति भएको खेलमा पोर्चुगल १० खेलाडीमा सिमित सर्बियासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
सर्बियाको मैदानमा २ गोलको अग्रता जोगाउन नसक्दा पोर्चुगल रोकिएको हो । खेलको ११ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।
खेलको ३६ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-० को अग्रता दिलाए । तर, खेलको ४६ औं मिनेटमा एलेक्सजान्डर मिट्रोभिचले गोल गर्दै सर्बियालाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ६० औं मिनेटमा घरेलु टोलीका फिलिप कोस्टिकले गोल गरेपछि खेल २-२ को बराबरीमा सकियो ।
खेलको इन्जुरी समयमा निकोला मिलेन्कोभिचले रातो कार्ड पाएपछि सर्बिया १० खेलाडीमा समेटिएको थियो ।
यस बराबरीसँगै सर्बियाले २ खेलमा ४ अंक जोडेको छ । समूह ए को सर्बिया शीर्ष स्थानमा रहेको छ ।
पोर्चुगल २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया