काठमाडौं । फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटको दोस्रो खेलमा बेल्जियम बराबरीमा रोकिएको छ । शनिवार राति भएको खेलमा बेल्जियम चेक रिपब्लिकसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
चेक रिपब्लिकको मैदानमा रोमेलु लुकाकुले गोल गरेपछि बेल्जियम हारबाट जोगिएको हो । खेलको ६० औं मिनेटमा लुकाकुले गोल गरेका थिए ।
त्यसअघि खेलको ५० औं मिनेटमा चेक रिपब्लिकका लुकास प्रोभोडले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए ।
यस बराबरीसँगै चेक रिपब्लिकले २ खेलमा ४ अंक जोडेको छ । चेक समूह ई शीर्ष स्थानमा रहेको छ । बेल्जियम ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया