काठमाडौं । सिके राउतविरुद्व राज्य विरुद्धको संगठित अपराधमा जिल्ला अदालत नवलपरासीले पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला अदालत नवलपरासीले राउतको घर पत्ता नलागेको भन्दै गोरखापत्र दैनिकमा सार्वजनिक सूचना समेत प्रकाशित गरेको हो।
राउत विरुद्धको मुद्दामा म्याद तामेली हुन नसकेपछि जिल्ला अदालतले यस्तो सूचना जारी गरेको हो। सरकारसँग सहमतिमा आउनुअघि राउतमाथि राज्य विरुद्धको अपराधमा मुद्दा दायर भएको थियो।
जिल्ला अदालतले सार्वजनिक सूचनामा ३५ दिनभित्र अदालत उपस्थित हुन उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया