बझाङ । विद्यार्थीमाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत ३१ वर्षीय शिक्षक जगत सिंंह रहेका छन् ।
सिंहले कक्षा ९ मा अध्ययन गर्दै गरेकी गाउँकै १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेका थिए । पीडित पक्षले दिएको उजुरीका आधारमा शिक्षक सिंहलाई आइतवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चैत १४ गते एक्लै पानी भर्न धारामा गएको मौका छोपी ग्वानी भन्ने ठाउँमा बालिकालाई जबरजस्ती करणी गर्न खोजेको पीडित बालिकाका आफन्तले बताएका छन् ।
पक्राउ परेका शिक्षकलाई प्रहरी हिरासतमा राखेर घटनाका बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया