चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुग्यो

लोकपथ
0
Shares

काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ ।

चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको ८ लाख डोज खोप सोमवार बिहान आइपुगेको हो ।

आइतवार नेपाल एयरलाइन्सको विमान चाइना गएको थियो । भेरो सेल खोप नेपाल एयरलाइन्सको विमान चाटर्ड गरेर चीनको बेइजिङबाट काठमाडौं ल्याइएको हो ।

चीनले नेपालका लागि उपलब्ध गराउन लागेको भ्याक्सिन सार्स कोभ–२ भ्याक्सिन (भेरो सेल) हो । यो खोप पनि कोभिसिल्ड झैं दुई पटक लगाउनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?