सुदूरपश्चिमका थप १५ जनामा कोरोना संक्रमण पुष्टि

लोकपथ
0
Shares

टेकसिंह धामी/ धनगढी- सुदूरपश्चिममा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज (सोमवार) धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।‌

२९ नमूना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

हाल सेती प्रादेशिक अस्पतालमा ४ जना संक्रमित उपचाररत रहेका छन्। संक्रमितमध्ये २ जनालाई आइशोलेसन र २ जनालाई आइसियुमा राखिएको श्रेष्ठले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?