काठमाडौं । श्रीलंका अलराउन्डर थिसारा परेराले एकै ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका छन् । आइतवार सम्पन्न लिष्ट ए खेलमा परेराले श्रीलंका आर्मी स्पोटर्स क्लबबाट थिसारा परेराले एकै ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका हुन् ।
आर्मी ग्राउन्ड पनागोडामा टस जितेर पहिला ब्याटिङ थालेको आर्मी स्पोटर्स क्लबले ४१ ओभरमा ३ विकेट गुमाउँदै ३ सय १८ रन बनाएको थियो ।
पाँचौं नम्बरमा २० बल बाँकी रहँदा थिसेरा परेरा ब्याटिङको लागि मैदान छिरेका थिए । लिष्ट ए क्रिकेटमा १३ बलमा बनेको सर्वाधिक छिटो दोस्रो अर्धशतक हो । सन् २००५ मा कौशल्या वीरत्नेले १२ बलमा लिष्ट ए मा अर्धशतक पूरा गरेका थिए ।
जसक्रममा थिसेरा परेराले १३ बलमा ८ छक्का सहित ५२ रनमा अविजित रहे । परेराले ४१ औं ओभरमा स्पिनर दिलन कोरेलाई लगातार ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।
६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो श्रीलंका खेलाडी समेत बनेका छन् । आर्मीका ओपनर अशान रंडिकाले १ सय १६ बलमा ७ चौका र ८ छक्का सहित १ सय २४ रनको शतकीय इनिङ खेले । हिमाशा लियायन्जले ९३ बलमा ७ चौका र ३ छक्का सहित १ सय १ रनमा अविजित रहे ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया