काठमाडौं । त्रिदेशीय फुटबल खेलमा अहिले नेपाल र बङ्गलादेश फाइनल खेलको लागि भिड्दै छन् । साढे ५ बजे दशरथ रङ्गशालामा शुरु भएको फाइनल खेलमा नेपाल र बङ्गलादेश भिड्दै छन् ।
प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । बङ्गलादेश भने शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो ।
आजको खेलमा गोल गर्दै उपाधि आफ्नो पोल्टामा पार्ने नेपालको दाउ छ । लिग चरणको भेटमा नेपाल र बङ्गलादेशले गोलरहित बराबरी खेलेका थिए ।
त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि जाने भएका छन् । खेल हेर्न प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका शीर्ष नेताहरु दशरथ रंगशाला जाने स्रोतले जनाएको छ ।
नेपालविरुद्ध बंगलादेश हेड टु हेड
२७ मार्च २०२१ नेपालविरुद्ध बंगलादेश (०–०) मैत्रीपुर्ण
१७ नोभेम्वर २०२० नेपालविरुद्ध बंगलादेश (०–०) – मैत्रीपुर्ण
१३ नोभेम्वर २०२० नेपालविरुद्ध बंगलादेश (०–२) – मैत्रीपुर्ण
८ सेप्टेम्वर २०१८ नेपालविरुद्ध बंगलादेश (२–०) –साफ च्याम्पियनसिप
१५ जनवरी २०१६ नेपालविरुद्ध बंगलादेश (०–०) – बंगबन्धु
१७ डिसेम्वर २०१५ नेपालविरुद्ध बंगलादेश (०–१) मैत्रीपुर्ण
३१ अगस्ट २०१३ नेपालविरुद्ध बंगलादेश (२–०) – साफ
४ मार्च २०१३ नेपालविरुद्ध बंगलादेश (०–२) एसियन कप
२० सेप्टेम्वर २०१२ नेपालविरुद्ध बंगलादेश (१–१) – मैत्रीपुर्ण
४ डिसेम्वर २०११ नेपालविरुद्ध बंगलादेश (१–०) – साफ
१० डिसेम्वर २००५ नेपालविरुद्ध बंगलादेश (०–२) –साफ
११ जनवरी २००३ नेपालविरुद्ध बंगलादेश (०–१) – साफ
४ अक्टोवर १९९९ नेपालविरुद्ध बंगलादेश (०–१) – साफ
२९ अप्रिल १९९९ नेपालविरुद्ध बंगलादेश (१–२) – साफ
२३ डिसेम्वर १९९५ नेपालविरुद्ध बंगलादेश (१–२) –साफ
२७ मार्च १९९५ नेपालविरुद्ध बंगलादेश (०–२) – साफ
२८ डिसेम्वर १९९१ नेपालविरुद्ध बंगलादेश (०–२) – साफ
३० नोभेम्वर १९८७ नेपालविरुद्धबंगलादेश (१–०) – साफ
२६ सेप्टेम्वर १९८६ नेपालविरुद्ध बंगलादेश (०–१) – एसियन गेम्स
१ अक्टोवर १९८४ नेपालविरुद्ध बंगलादेश (४–२) – साफ
३० सेप्टेम्वर १९८४ नेपालविरुद्ध बंगलादेश (०–५) – साफ
२५ सेप्टेम्वर १९८४नेपालविरुद्ध बंगलादेश (४–२) – साफ
२१ सेप्टेम्वर १९८४ नेपालविरुद्ध बंगलादेश (०–५) – साफ
२२ सेप्टेम्वर १९८३ नेपालविरुद्ध बंगलादेश (०–१) – मर्डेका कप
फाइनलका लागि नेपालले गर्यो दुई खेलाडी परिवर्तन :
नेपालले बंगलादेशसँग खेल्ने टिमको शुरुवाती-११ को घोषणा गरेको छ । फाइनलमा दुई खेलाडी परिवर्तन गरिएको छ । विशाल राई र सुनिल बलले शुरुवाती-११ मा मौका पाएका छन् ।
बंगलादेशले ५ खेलाडी परिवर्तन गरेको छ ।
नेपालको शुरुवाती-११
गोलकिपर : किरण चेम्जोङ
डिफेन्डर: रंजित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी
मिडफिल्डर: त्रिदेभ गुरुङ, तेज तामाङ, सन्जोग राई, सुनिल बल, विशाल राई
फरवार्ड: अन्जन विष्ट
एन्फाले बढायो त्रिदेशीय फुटबलको फाइनल हेर्ने टिकटको मूल्य :
फाइनल खेलका लागि भीआईपीतर्फ प्रतिटिकटको मूल्य दुई हजार र साधारणतर्फ एक हजार रुपैयाँ निर्धारण गरिएको छ ।
यसअघिका खेलमा भीआईपीतर्फ १५ सय र साधारणतर्फ ७०० रुपैयाँ रहेको टिकटको मूल्य फाइनलमा भने बढाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया