माओवादी केन्द्रले बागमती सरकारलाईको दिएको समर्थन फिर्ता लिँदै

लोकपथ
0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

सोमवार प्रदेश पार्टी कार्यालय बबरमहल, काठमाडौंमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

त्यससँगै तत्कालिन माओवादी केन्द्र र सरकारबीच भएको तीन वर्षदेखिको सत्ता साझेदारी टुंगिने भएको छ ।

माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले सरकारलाई दिएको समर्थन फिर्ता लिने र शसक्त प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने जानकारी दिए ।

तत्कालीन समयमा सत्तारुढ दल नेकपा (एमाले) सँगको एकतापूर्वको अवस्थामा संसदीय दलका पदाधिकारीलाई पुनः चयन गरिएको बताउँदै उनले भने- ‘बागमती प्रदेश सरकारमा मुख्यमन्त्री डोरमणि पौडेललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौं ।’

त्यस्तै यता एमालेकै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले गत बुधवार मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटनलाई अनुमोदन गरेसँगै गत पुस १० गते तत्कालीन नेकपाको प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । खनाल–नेपाल समूहले अविश्वास प्रस्ताव फिर्ता लिने निर्णय गरेसँगै पौडेलको सरकार सञ्चालन सहज देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?