आजदेखि देशभरका विद्यालय ४ दिन बन्द

लोकपथ
0
Shares

काठमाडौं । अत्याधिक वायु प्रदूषण बढेपछि सरकारले मंगलवार (आज)देखि देशभरका विद्यालय ४ दिन बन्द गरेको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीलाई थप जोखिम
हुनसक्ने भन्दै आजदेखि शुक्रवारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

सरकारको यो निर्णयपछि केही निजी विद्यालयले भने अनलाइनमार्फत पठनपाठन गराउने तयारी गरेका छन् ।

विद्यालय चार दिन बन्द भए पनि पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा भने सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?