वामपन्थी नेता मानन्धरको पशुपति आर्यघाटमा अन्त्येष्टि

लोकपथ
0
Shares

काठमाडौं । वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

मानन्धरको ९१ वर्षको उमेरमा हिजो (सोमवार) साँझ निधन भएको हो । उनको अन्त्येष्टि आज (मंगलवार) पशुपति आर्यघाटमा गरिएको छ ।

नेता मानन्धरलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, गणेश शाह, पूर्व सभामुख कृष्णबहादुर महरा लगायतका नेताहरुले अन्तिम बिदाई गरे ।

नेता मानन्धर नेपाली कम्युनिष्ट आन्दोलनका इमान्दार नेताको रुपमा परिचित छन् । उनको नेपाल कम्युनिष्ट पार्टी(संयुक्त) बनाउनको लागि महत्वपूर्ण भुमिका रहेको छ । विक्रम सम्बत १०८९ मा जन्मिएका मानन्धर लामो समयसम्म नेकपा (संयुक्त)को महासचिव रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?