काठमाडौं । सिराहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
गत चैत १ गते लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट भएको थियो । बम विस्फोटमा परि ८ जना घाइते भएका थिए । उक्त घटनाको जिम्मेवारी तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत) समूहले लिएको थियो ।
घटनाको १७ दिनपछि प्रहरीले सिराहाको सुखीपुर नगरपालिका–५ का २५ वर्षका रामरिझन यादव र सिराहाकै लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २६ वर्षका अभिमन्यू गिरी पक्राउ परेका प्रदेश २ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) घिरज प्रताप सिंहले लोकपथलाई बताए ।
‘उनीहरुले विस्फोट गराएको स्वीकार गरिसकेका छन् । हामी थप अनुसन्धान गर्दै छौं ।’ उनले बताए ।
पक्राउ परेका आरोपित यसअघि पनि बम विस्फोटमा संलग्न भई बेलमा रिहा भएको डीआइजी सिंहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया