त्रिकोणात्मक सिरिजका लागि सिमित खेलाडीलाई मात्र बन्द प्रशिक्षण

लोकपथ
0
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि सिमित खेलाडीलाई मात्र बन्द प्रशिक्षणमा बोलाउने भएको छ ।

सिरिजका लागि समय छोटो भएका कारण बन्द प्रशिक्षणमा बढिमा १८ देखि २० खेलाडी मात्र बोलाइनले क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

काठमाडौंमा रहेका केही खेलाडीले मुख्य प्रशिक्षक डेभ वाटमोरसँग मंगलवारबाट नै प्रशिक्षण शुरु गरिसकेको सचिव प्याकुरेलले जानकारी दिए । तर, टिमको औपचारिक बन्द प्रशिक्षण भने केहि दिनबाट शुरु हुने उनले बताए ।

सिरिज टियु क्रिकेट मैदानमा बैशाख ४ देखि ११ गतेसम्म (अप्रिल १७–२४) हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?