काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप ५३ हजार ४ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ करोड २१ लाख ४९ हजार ३ सय ३५ पुगेको छ ।
भारतको महाराष्ट्रमा मात्रै २७ हजार ९ सय १८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ३ सय ५४ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।हालसम्म भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ४ सय ६८ पुगेको छ ।
हालसम्म भारतमा १ करोड १४ लाख ३४ हजार ३०१ जना संक्रमणमुक्त भएका छन् । त्यहाँ सक्रिय संक्रमितको संख्या ५ लाख ५२ हजार ५ सय ६६ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया