काठमाडौं । नेकपा एमालेकी सचेतक शान्ता चौधरीले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले इतिहासमै सबैभन्दा राम्रो काम गरेको दाबी गरेकी छिन् ।
आज (बुधवार) को प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले सरकारले राम्रो काम गरेपनि कसैले पनि समर्थन नगरेको भन्दै आपत्ति जनाएकी छिन् ।
‘यो सरकारले इतिहासमा नै सबैभन्दा राम्रो काम गरेको छ ।’ उनले भनिन् ।
यसैगरी उनले सरकारले गरेका कामहरुको बारेमा त्यसै विरोध गरिएको बताउँदै मेलम्चीको पानी, देश सुरुङ मार्गमा प्रवेश गरेको, विद्रोही शक्तिलाई शान्तीको बाटोमा ल्याएको बताएकी छिन् । उनले भनिन् ,’यो सत्तापक्षले मात्रै होइन् प्रतिपक्षीले समेत समर्थन गर्नुपर्छ ।’
उनले ‘संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम भनिरहेका छन् । अनि संसद विघटन गर्न बाध्य बनाउने कुराहरु पनि हेरिनुपर्छ ।’
सांसद चौधरीले सरकारले प्रधानमन्त्री स्वरोजगार, युवा स्वरोजगार गराएको लगायत कृषिमा आधुनिकिकरण गरेको दाबी गरिन् । उनले यो सरकारले सुरक्षा भत्ता निकै राम्रो सुधार गरेको बताइन् । कोरोना खोप ल्याएर जनतालाई दिएकोमा सरकारलाई धन्यवाद समेत व्यक्त गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया