काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी प्रयास (बिमस्टेक) को १७ औं मन्त्रीस्तरीय बैठक आज बस्ने भएको छ । श्रीलङ्काले आयोजना गर्ने भर्चुअल बैठकमा सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरु सहभागी हुनेछन् ।
बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ । मन्त्रीस्तरीय बैठकमा दिगो विकासका एजेन्डा सन् २०३० को लक्ष्य प्राप्तिका लागि सामूहिक सहकार्यमा जोड दिँदै यस क्षेत्रको गरिबी तथा अन्य समस्या निराकरणका लागि मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ । नेपाल सन् २००४ देखि बिमस्टेकमा आबद्ध भएको हो ।
बैठकमा बिमिस्टेक देशबीच आतंकवाद विरुद्ध ऐक्यबद्धताबारे पनि छलफल हुनेछ । तीन वर्षअघि काठमाडौं चौथो शिखर सम्मेलनपछि बिमस्टेकको पाँचौँ शिखर सम्मेलन भएको छैन । बिमस्टेकमा नेपाल, भारत, बङ्गलादेश, भुटान, म्यानमार, श्रीलङ्का र थाइल्याण्ड छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया