न्युरोडमा खुकुरी देखाएर आईएमई लुटपाट, ४ जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । न्युरोडको खिचापोखरीमा खुकुरी देखाएर रेमिट्यान्स सेवा प्रदायक कम्पनी लुट्ने चार जना प्रक्राउ गरेका छन् । बुधवार दिउँसो खिचापोखरी स्थित हेम मल्ल र गोरख चन्दले सञ्चालन गरेको आईएमई लुटपाट भएको हो । लुटमा संलग्न ४ जनालाई महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङ घर भएका २१ वर्षीय तिलक राउत, १८ वर्षीय दिपुन श्रेष्ठ, कालीकोट घर भएका १८ वर्षीय उमेश केसी र ललितपुर बस्ने नविन केसी छन् । तिलक र दिपुन नयाँ बानेश्वर स्थित दक्षिणकाली होस्टलमा बस्छन् । आरोपीलाई लुटपाट गरेको केही घण्टामै नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहले बताए ।

प्रहरीले उनीहरुको साथबाट ५९ हजार ७ सय नगद बरामद गरेको छ । लुटेको १ लाख रुपैयाँ तिलक राउतले दाङ जाने बसमा बुवालाई पठाएको प्रहरीले बताएको छ । आइएमई सञ्चालकले ६ लाख लुटेको दाबी गरेका छन्’ एसएसपी सिंहले भने के कति लुटिएको हो त्यसबारे थप अनुसन्धान भइरहेको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?