काठमाडौं । सर्वोच्च अदालतले नेकपा विवादबारेको पुनरावेदन निवेदनमा निस्सा दिन अस्वीकार गरेको छ । अदालतले पहिलेकै फैसला सदर पनि गरेको हो ।
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बन्धी सर्वोच्च अदालतको फैसलाबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरावलोकन निवेदनमाथी सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्ण इजलास गठन गरेका थिए ।
त्यसको सुनुवाइको लागि इजलासमा राणासहित न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाश ढुंगाना रहेका छन् ।
गत फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई पूर्ववत् रुपमा फर्काउने सर्वोच्चको फैसला पुनरावलोकनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलवार निवेदन दर्ता गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया