काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई सरकारमा जाने कुरासँग जोडेर नहेर्न आग्रह गरेका छन् ।
ट्वीट गर्दै उनले जसपाले ओलीतन्त्रको घाँस नखाने भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नहुने स्पष्ट पारेका हुन् ।
उनले वीपी कोईरालको रिहाइको माग गर्दै कांग्रेस राणातन्त्रमा सहभागी नभएको भन्दै जसपा पनि ओली नेतृत्वको सरकारमा सहभागी नहुने बताएका छन् ।
नेता भट्टराईले के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस-कम्युनिष्ट पंचायत छिरेका थिए? भन्दै प्रश्न गरेका छन् । उनले जसपाले ओलीतन्त्रको घाँस नखाने चेतावनी दिएका हुन् ।
उनले लेखेका छन् , ‘रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडियोस् ! के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो ! के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस-कम्युनिष्ट पंचायत छिरेका थिए ? जसपाले ओलीतन्त्रको घॉस खान्न ! चेतना भया !
रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडियोस्!के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो!के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस/कम्युनिष्ट पंचायत छिरेका थिए?जसपाले ओलीतन्त्रको घाॅस खान्न!चेतना भया!
— Baburam Bhattarai (@brb1954) April 1, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया