उद्धार गरिएका ७ किशोरीलाई काउन्सेलिङ गरिँदै : खुल्न सकेन भारत जानुको स्पष्ट कारण

लोकपथ
0
Shares

काठमाडौं । भारतबाट उद्धार गरि नेपाल ल्याइएका ७ जना किशोरीसँग प्रहरीले सोधपुछ जारी राखेको छ । उनीहरु किन भारत गए भन्ने कुरा अझै स्पष्ट रुपमा नखुलेका कारण उनीहरुलाई आवश्यक परामर्ससहित सोधपुछ भइरहेको हो ।

गत मंगलवार बेपत्ता भएका महोत्तरीको भंगहा नगरपालिकाका ७ जना किशोरीलाई झण्डै २४ घण्टापछि नेपाल प्रहरीले भारतको सीतामढी ठाँउबाट उद्धार गरि नेपाल ल्याएको थियो ।

भारतबाट उद्धार गरिएका महोत्तरीका ७ किशोरी परिवारको जिम्मा लगाईयो

तर उनीहरुले आफूहरु घाँस काट्न निस्केर समूहमा किन भारत गएको भन्ने विषयमा पहरी र परिवारसँग स्पष्ट नबताएका कारण उनीहरु कसैको करकाप धाकधम्कीमा परेर झुटो बयान दिइरहेका छन् कि वा अन्य कुनै कनेक्सन छ कि भन्ने विषयलाई लिएर प्रहरीले काउन्सेलि गरी स्पष्ट कारण बाहिर ल्याउन चाहेको छ ।

‘उनीहरुलाई कसले भारतको सीतामढीसम्म पुर्‍यायो त्यो विषयमा थप अनुसन्धान भइरहेको छ । उनीहरुसँग काउन्सेलिङ भइरहेको छ । काउन्सेलिङ पछि स्टेटमेन्ट बनाइन्छ । त्यसपछि किशोरीहरुलाई परिवारको जिम्मा लगाउछौँ ।’ जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक रजोस घिमिरेले लोकपथलाई बताए ।

घाँस काट्न गएका ७ बालिका र किशोरी भारतको बिहारमा फेला - Kalaiyaonline.Com।  नेपाली 🇳🇵

उनले थपे, ‘काउन्सेलिङ सकिएपछि किशोरीलाई परिवारको जिम्मा लगाइनेछ ।’ उनीहरुलाई दलालले नै विभिन्न प्रलोभनमा पारेर भारत पर्‍याएको हुनसक्ने प्रहरीको आशंका छ ।

भारतको सितामढीबाट सकुशल उद्धार गरि बुधवार नेपाल पुर्‍याएका किशोरीलाई अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको छ । प्रहरी कार्यालयमा परिवार पनि पुगेका छन् ।

घाँस काट्न जाँदा हराएका ७ बालिकासहित १ किशोरी भारतको सीतामढीमा फेला « News  of Nepal

गएको मंगलवार दिउसो घाँस काट्न गएका ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान सम्पर्कविहीन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?