अभिनेत्री भट्टलाई कोरोना संक्रमण

लोकपथ
0
Shares

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण भएको छ । बिहीवार राति आलियाले आफूलाई कोरोना संक्रमण भएको इन्स्टाग्राममार्फत जानकारी दिएकी हुन् ।

उनले इन्स्टाग्राम पोस्टमा कोरोना परीक्षणमा आफूलाई पोजिटिभ देखिएको र आफू चिकित्सकको सल्लाहबमोजिम सुरक्षा प्रोटोकल पालन गर्दै होम क्वारेन्टाइनमा बसेको बताएकी छिन् ।

यसअघि अभिनेता आमिर खान र गायक बप्पी लहिरीलाई पनि कोरोना पुष्टि भएको थियो । आमिर कोरोना पोजिटिभ भए पनि आफूलाई त्यस्तो कुनै जटिल समस्या नदेखिएको बताएका थिए । उनी होम क्वारेन्टाइनमै बसेका छन् ।

पछिल्लो समय भारतमा कोरोना संक्रमण तिव्र भइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ७२ हजारभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?