रामोसले लिभरपुलविरुद्धको खेल गुमाउने

लोकपथ
0
Shares

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसले च्याम्पियन्स लिग फुटबल अन्तर्गत लिभरपुलविरुद्धको खेल गुमाउने भएका छन् ।

चोटका कारण रामोसले इन्ग्लिश क्लब लिभरपुलविरुद्धको क्वाटरफाइनलको दुबै लेग गुमाउने भएका हुन् ।

३५ वर्षीय डिफेन्डर रामोसले विश्वकप छनौटको दौरान चोट बोकेका हुन् । उनले पीडुल्लाको चोट बोकेको बताईएको छ ।

विश्वकपको युरोपियन छनौट अन्तर्गत कोसोभोविरुद्धको खेलमा रामोसले चोट बोकेका हुन् ।

रियलले लिभरपुलसँग क्वाटरफाइनलको पहिलो लेग अप्रिल ६ मा आफ्नै मैदानमा खेल्नेछ । यस्तै अप्रिल १४ मा दोस्रो लेग खेल उसैको मैदानमा खेल्नेछ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?