काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप ८१ हजार ४ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ करोड २३ लाख ३ हजार १ सय ३१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा थप ४ सय ६९ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यहाँ जनवरीयताकै धेरै कोरोना संक्रमित को मृत्यु भएको हो । हालसम्म भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६३ हजार ३ सय ९६ पुगेको छ ।
भारतमा ५० हजार ३ सय ५६ जना संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको संख्या १ करोड १५लाख २५ हजार ३९ पुगेका छन् । त्यहाँ सक्रिय संक्रमितको संख्या ६ लाख १४ हजार ६ सय ९६ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया