औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंकबीच बैंकिङ्ग साझेदारी सम्झौता

लोकपथ
0
Shares

काठमाडौं । नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंकका बीच बैंकिङ्ग साझेदारी सम्झौता सम्पन्न भएको छ । आज (शुक्रवार) एक कार्यक्रममा उक्त सम्झौता सम्पन्न भएको हो ।

कार्यक्रममा आफ्ना मन्तव्य राख्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदिप फुयालले क्यूआर कोड तथा डिजिटल बैंकिङ्गको महत्व तथा फाईदाहरु बारे जानकारी गराउदै औषधी व्यवसायीहरुलाई क्यूआर कोडको वितरण पनि गरेका छन् ।

शुक्रवार लुम्विनी बुद्ध गार्डेन रुपन्देहीमा एक समारोहबीच प्रभुका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना र नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव शवालीले हस्ताक्षर गरेका थिए ।

सो कार्यक्रमा बोल्दै नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव ज्ञवालीले सो सम्झौताले आगामी दिनमा बैंक तथा व्यवसायीबीच सुमधुर सम्बन्ध हुनुका साथै ब्यवसाय विस्तार तथा प्रवर्द्धनमा उल्लेख्य टेवा पुग्ने बताए । बैंकका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल रानाले बैंकका विभिन्न सेवा सुविधाहरुको बारेमा प्रष्ट पारेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?