नापतौलमा ठगी गरेको आरोपमा बालाजुका व्यवसायी पक्राउ

काठमाडौं । उपभोक्तालाई ठगी गरेको आरोपमा काठमाडौंको बालाजुस्थित राजेश हार्डवेयरका सञ्चालक पक्राउ परेका छन् । नापतौलमा ठगी गरेको आरोपमा हार्डवेयरका सञ्चालक आज(शुक्रवार) पक्राउ परेका हुन् ।

पक्राउ परेका सञ्चालकलाई अहिले बालाजुस्थित प्रहरी चौकीमा राखिएको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले आफ्नो सामाजिक सञ्जालमार्फत् जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?