संसद भवनमा आक्रमण, एक प्रहरीको मृत्यु

लोकपथ
0
Shares

एजेन्सी । अमेरिकाको संसद भवनमा आक्रमण भएको छ । आक्रमणमा एक प्रहरी अधिकारीको ज्यान गएको र एक जना घाइते भएको वासिङ्गटन डिसी महानगरिय प्रहरी विभागले जनाएको छ ।

संसद भवनको सुरक्षाका लागि लगाइएको बारमा कार ठोक्किएको थियो । त्यसपछि चालकले प्रहरीलाई अधिकारीमाथि चक्कुले आक्रमण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीको गोली लागेर आक्रमण संलग्न व्यक्तिको पनि मृत्यु भएको छ ।

संसद भवनमा तीन महिना पहिले (जनवरी ६) तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेका थिए । आक्रमणमा ज्यान गुमाउने प्रहरी अधिकारीको नाम विलियम ‘बिली’ इभान्स रहेको वासिङ्गटन डिसी महानगरिय प्रहरी विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?