खनाल–नेपाल पक्षले आज संगठन विस्तार अभियान घोषणा गर्दै

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलना खनाल र माधवकुमार नेपाल पक्षले आज संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान घोषणा गर्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको कारवाहीमा परेलगत्तै खनाल–नेपाल पक्षले आज संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान घोषणा गर्न लागेको हो ।

साथै वरिष्ठ नेता खनाल–नेपाल पक्षले राष्ट्रिय भेलाबाट पारित भएको राजनीतिक प्रतिवेदनलाई कार्यकर्ता माझ लैजाने भएको छ । हिजो बसेको बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलाको निष्कर्षअनुसार संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई अगाडि बढाउने र राजनीतिक प्रतिवेदनलाई कार्यकर्ता माझ लैजाने निर्णय गरेको हो ।

राजनीतिक प्रतिवेदनले आजको छलफलपछि अन्तिम रुप पाउने र त्यसपछि देशभर लैजाने निर्णय भएको खनाल–नेपाल पक्षले जनाएको छ । साथै खनाल–नेपाल पक्षले केन्द्रदेखि जिल्लासम्म समानान्तर कमिटी विस्तारको कामलाई पनि अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?