दाङ । दाङको लमही–घोराही सडकखण्ड सडक दुर्घटनामा दुई भएका दुवै जनाको सनाखत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा दाङको लमही नगरपालिका–९ पैतेका २९ वर्षीय अतिराम चौधरी र रुपन्देहीको बुटवल सैनामैनाका यादव खनाल रहेका छन् ।
दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु १ ख ९८६३ नम्बरको यात्रु बस शुक्रवार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा २७ जना यात्रु घाइते थिए ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले उनीलाई थप उपचारका लागि बाँकेको कोहलपुर शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
मध्यम घाइते छ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइते उपचारपछि घर फर्किसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया