काठमाडौं । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन गरेको निर्णयलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आत्मघाती निर्णय बताएको छ ।
अध्यक्ष थापाले एकाविहानै ट्वीट गर्दै नेपाली कांग्रेसले शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै नयाँ सरकार गठनमा अग्रसरता लिने निर्णयलाई आत्माघाती भएको बताए ।
अपवित्र गठबन्धन बनाएर कुशासनको निरन्तता दिने कांग्रेसको चाहना आत्मघाती हुने उनले गरेको छ । त्यसैगरी उनले अहिलेको संकटको निकास नयाँ चुनाव भएको ठोकुवा समेत गरे । साथै अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमा यस्तो लेखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया