काठमाडौं – प्राविधिक कारण देखाउँदै नेपाल वायु सेवा निगमले अकस्मात् उडान रोक्दा स्वदेश फर्किन क्वालालम्पुर विमानस्थल पुगेका सयौं नेपाली विमानस्थलमा नै अलपत्र परेका छन् ।
त्यतिमात्रै होईन उडान रोकिँदा स्वदेश फर्किने यात्रु अनिवार्य रुपमा ७२ घण्टा भित्रको कोरोना परीक्षणको रिपोर्ट साथमै हुनुपर्ने नियमले यात्रुहरुलाई समस्या पारेको छ।
नेपाल एयरलाइन्सले अप्रिल २ तारिख शुक्रबार र अप्रिल ३ तारिख शनिबार विहानका लागि तय गरेको उडान आर।ए। ४१६ को फ्लाईट रद्ध गरेपछि मलेसियाका विभिन्न शहरबाट क्वालालम्पुर विमानस्थल पुगेका यात्रु अलपत्र परेका हुन् ।
अर्को उडान अप्रिल ४ तारिख आइतबार बिहान स्थानीय समयानुसार ५ बजेर ४५ मिनेटमा हुने नेवानिले जनाएको छ । नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत् सोही टिकटमा नेपाल फर्काइने र यात्रुले अन्य शुल्क तिर्न नपर्ने निगमको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया