काठमाडौं – पछिल्लो केहि सातादेखि बंगलादेशमा तिव्र रुपमा कोरोनाको संक्रमण बढेसँगै एक साताको लागि फेरि लकडाउन हुने भएको छ।
बंगलादेश सरकारका राज्यमन्त्री फरहाद हुसैनले एक साताको लागि सोमबार वा मंगलबारदेखि लकडाउन हुन सक्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
लकडाउनको औपचारिक घोषणा गर्न बाँकी समय भएकोले त्यसको तयारी गर्न समय समेत दिइएको छ ।
त्यहाँका सञ्चारमाध्यमले भने विभिन्न सरकारी अधिकारीलाई उदृद गर्दै सोमबारदेखि लकडाउन हुने बताएका छन्।
आपतकालीन सेवालाई निरन्तरता दिने गरी लकडाउनको तयारी भ्एको छ । पछिल्लो सातादेखि बंगलादेशमा संक्रमणदर २० प्रतिशतले बढिरहेको बताइएको छ ।
बंगलादेशले गत वर्ष अप्रिल २०२० मा पनि तीन महिनाभन्दा लामो समय लकडाउन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया